एट्लेटिकोलाई चार अंकको अग्रता बनाउने अवसर एजेन्सी। एट्लेटिको मड्रिडलाई स्पेनिस ला लिगामा चार अंकको अग्रता लिने अवसर छ। २०१४ पछि पहिलोपटक उपाधि नजिक रहेको एट्लेटिकोले आज राती रियाल सोसिडाडसँग प्रतिस्पर्धा गर्दैछ। विजयी भएमा एट्लेटिकोले दोस्रो स्थानको बार्सिलोनालाई चार अंकले पछाडि पार्नेछ। बार्सिलोना गएराती लेभान्टेसँग ३–३ को बराबरीमा रोकिएको थियो। एट्लटिकोभन्दा दुई अंकले पछाडी रहेर तेस्रो स्थानमा रहेको रियाल मड्रिडले भोली राती ग्रानाडाविरुद्ध खेल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्