पाकिस्तान एक इनिङ र १४७ रनले विजयी, टेस्ट शृङ्खला क्लिन स्विप एजेन्सी। नौमान अली र शाहीन शाह अफ्रिदीले समान पाँच विकेट लिएपछि पाकिस्तानले जिम्बाब्वेलाई दोस्रो टेस्टमा एक इनिङ र १४७ रनले पराजित गरेको छ। २२०/९ को स्थितिबाट चौथो दिन थालेको जिम्बाब्वेले २३१ रन बनाउँदा बाँकी विकेट गुमायो। पहिलो इनिङमा १३२ रन बनाउँदा सबै विकेट गुमाएपछि जिम्बाब्वे फलोअनमा परेको थियो। पाकिस्तानले ५१०/८ को स्थितिमा पहिलो इनिङ समाप्तिको घोषणा गरेका थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्