भारतले श्रीलंकामा तीन एकदिवसीय र पाँच टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने एजेन्सी। भारतीय क्रिकेट टिमले श्रीलंकामा तीन एकदिवसीय अन्तर्राष्ट्रिय र पाँच ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने भएको छ। भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गांगुलीले जुलाईमा श्रीलंकाको भ्रमण गर्ने बताए। श्रीलंका भ्रमणमा भारतले दोस्रो रोजाईको टिम खेलाउने सम्भावना छ। किनकि साउथह्याम्पटनमा हुने न्युजिल्यान्डविरुद्धको टेष्ट च्याम्पियनसिप फाइनल र इङ्ल्यान्डविरुद्ध पाँच खेलको टेष्ट शृंखलाका लागि विराट कोहली नेतृत्वको टिम जुनको सुरुमै इङ्ल्यान्ड जानेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्