वेष्ट ब्रोम रेलिगेशनमा, आर्सनलको युरोपा लिग खेल्ने झिनो आश एजेन्सी। आर्सनलसँग ३–१ ले पराजित भएपछि वेष्ट ब्रोम इङ्लिस प्रिमियर लिगबाट रेलिगेशनमा परेको छ। आर्सनलले भने युरोपा लिग खेल्ने झिनो आशा कायम राखेको छ। आर्सनलका इमिले स्मिथ रोवी, निकोलस पेपे र विलियनले गोल गरे। वेष्ट ब्रोमका म्याथ्युज पेरेराले गोल गरे। लिगमा ९ अंकको खेल बाँकी हुँदा वेष्ट ब्रोम बर्नलीभन्दा दश अंकले पछाडि छ। आर्सनल नवौं स्थानमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्