पाकिस्तान सुपर लिगका बाँकी खेल युएईमा गर्ने तयारी काठमाडौं। पाकिस्तान क्रिकेट बोर्डले पाकिस्तान सुपर लिगको बाँकी खेल अर्को महिना युनाइटेड अरब इमिरेट्समा आयोजना गरी सिजन टुंगाउने तयारी गरेको छ। केही खेलाडी र कर्मचारी कोभिड-१९ संक्रमित भएपछि ट्वान्टी–२० फ्रेन्चाइज लिग गत मार्चमा स्थगित भएको थियो। लिगमा अझै २० खेल बाँकी छन्।बोर्ड अधिकारी र ६ फ्रेन्चाइज मालिकबीच शुक्रबार भएको भर्चुअल बैठकमा युएई क्रिकेट बोर्डलाई प्रस्ताव राख्ने सहमती भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्