काठमाडौं। नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले विकेट लिएको दिन मेलबर्न स्टार्सले शुक्रबार अस्ट्रेलियन बिग बास लिगमा एडलेइड स्ट्राइकर्सलाई १७४ रनमा रोकेको छ।
कार्रारा ओभलमा टस हारेर ब्याटिङका लागि निम्त्याएको एडलेइडले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७४ रन बनाएको हो। तीन ओभर बलिङ गरेका सन्दीपले १५ रन दिएर १ विकेट लिए। जारी सिजन बिग बास लिगमा सन्दीपको यो तेस्रो विकेट हो।
नियमित टोलीमा स्थान बनाउँदै आएका सन्दीपले यसअघि ब्रिसबेन हिट र होबर्ट हुरिकेन्सविरुद्ध पनि एक-एक विकेट लिएका थिए। सन्दीपको टोली मेलबर्न स्टार्सले दुबै खेल जितेको थियो।
एडलेइडका जोनाथन वेल्सले सबभन्दा धेरै अविजित ६८ रन बनाए। कप्तान एलेक्स क्यारीले ४५, ज्याक वेदरएल्डले २१ र फिल साल्टले १४ रन जोडे। अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।
सन्दीप बाहेक मेलबर्न स्टार्सका एडम जम्पा, डेल स्टेन र ड्यानियल वारेलले एक–एक विकेट लिए।