ट्रभिस हेडको शतकमा अस्ट्रेलिया बलियो

काठमाडौं। ट्रभिस हेडले शतकसहित टिम पाइनसँग १५० रनको साझेदारी गरेपछि अस्ट्रेलिया न्युजिल्यान्डविरुद्ध पहिलो टेस्टको दोस्रो दिन बलियो स्थितिमा पुगेको छ।

मेलबर्न क्रिकेट मैदानमा अस्ट्रेलियाले २५७–४ को स्थितिबाट दोस्रो दिनको खेल थालेको थियो। दोस्रो दिन शुरू गर्दा स्टिभ स्मिथ ७७ तथा ट्रभिस हेड २५ रनको स्थितिमा थिए।

स्मिथ ८ चौका र १ छक्कासहित ८५ रन बनाएर पवेलियन फर्किए। ट्रभिस हेडले १२ चौकासहित ११४ रन बनाए। नेल वाग्नरको बलमा मिचेल सन्टनगरको हातबाट क्याच हुनुअघि हेडले टिम पाइनसँग छैटौं विकेटका लागि १ सय ५० रनको साझेदारी गरेका थिए।

टिम पाइनले ९ चौकासहित ७९ रन बनाए। अघिल्लो दिन म्याथ्यु वेडले ३८, डेबिड वार्नरले ४१ तथा मार्नुस लाबुसेनले ६३ रन बनाएका थिए। अस्ट्रेलियाले पहिलो इनिङमा सबै विकेट गुमाएर ४६७ रन बनायो।

न्युजिल्यान्डका वाग्नरले ४ विकेट लिँदा टिम साउथीले ३, कोलिन डी ग्राण्डहोमले २ तथा ट्रेन्ड बोल्टले १ विकेट लिए।

त्यसपछि ब्याटिङ थालेको न्युजिल्यान्डले ४४ रन जोड्दा दुई विकेट गुमाइसकेको छ। भ्रमणकारी टोलीका कप्तान केन विलियम्सनले ९ तथा टम ब्लुन्डेलले १५ रन जोडे। दोस्रो दिन सकिँदा टम लाथम ९ र रोस टेलर २ रनमा अविजित छन्।

अस्ट्रेलियाका पेट कुमिन्स र प्याटिन्सनले एक–एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्