हिमालयन शेर्पालाई हराउँदै त्रिभुवन आर्मी तेस्रो स्थानमा

काठमाडौं। दोस्रो हाफको शुरूमै गरेको दुई गोलमा त्रिभुवन आर्मी क्लबले आज हिमालयन शेर्पा क्लबमाथि २–० को नतिजा निकालेको छ।

जितसँगै त्रिभुवन आर्मी क्लब शहीद स्मारक ‘ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ।

त्रिभुवन आर्मी र मछिन्द्र क्लबको समान ६ अंक भए पनि त्रिभुवन अर्मी क्लब गोलअन्तरको आधारमा तेस्रो स्थानमा रहेको हो।

आर्मीले तीनमध्ये दुईमा जित र एक खेलमा हारेको छ। मछिन्द्रले तीनमध्ये दुईमा जित र एक बराबरी खेलेको छ। तथापी मछिन्द्र गत सिजन पुछारबाट दोस्रो स्थाानमा रहेका कारण एक अंक घटाइएको छ।

साविक विजेता मनाङ मर्स्याङदी शतप्रतिशत नतिजासहित ९ अंकका साथ शीर्ष स्थानमा छ। हिमालयन शेर्पा भने दुई अंकका साथ दशौं स्थानमा छ।

सातदोबाटो स्थित एन्फा मुख्यालयको मैदानमा त्रिभुवन आर्मीले ५१औं मिनेटमा अग्रता लिएको थियो। त्रिभुवन आर्मीले कप्तान भरत खवासको गोलमा अग्रता लिएको थियो। लगत्तै टेकबहादुर बुढाथोकीले अर्को गोल थपेपछि हिमालयन शेर्पाले पुनरागमन गर्ने अवसर पाएन।

त्रिभुवन आर्मीले यसअघि फ्रेण्ड्स क्लबलाई २–१ ले पराजित गरेको थियो भने मनाङसँग १–० ले पराजित भएको थियो। हिमालयनले यसअघि नेपाल पुलिस क्लबसँग गोलरहित तथा सशत्र प्रहरी बल(एपिएफ)सँग १–१ को बराबरी खेलेको थियो।

आजै दशरथ रंगशालामा नेपाल पुलिस क्लबले सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ। दुई खेलमा पुलिस क्लबको १ अंक छ भने सरस्वतीले अंक जोड्नै सकेको छैन।

प्रतिक्रिया दिनुहोस्