सान्त्वना जितको खोजीमा चितवन, काठमाडौंको लक्ष्य शीर्ष स्थान काठमाडौं। प्लेअफ खेल्ने टिमको टुंगो लागिसकेको अवस्थामा चितवन एफसीले आज नेपाल सुपर लिगमा सान्त्वना जितका लागि काठमाडौं रेजर्ससँग प्रतिस्पर्धा गर्नेछ। दशरथ रंगशालामा ५ः३० बजे हुने खेलमा चितवन पहिलो जितको खोजीमा छ भने काठमाडौं शीर्ष स्थानको लक्ष्यमा हुनेछ। धनगढीसँग समान १० अंक भए पनि काठमाडौं गोलअन्तरले दोस्रो स्थानमा छ। एक खेल पनि जित्न नसकेको चितवन लिगको पुछारमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्