उपाधि होडमा रहेका बार्सिलोना र एट्लेटिको बराबरीमा रोकिए काठमाडौं। बार्सिलोनासँग गोलरहित बराबरीमा रोकिए पनि एट्लेटिको मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा कायमै छ। उपाधि होडमा रहेका बार्सिलोना र एट्लेटिको बराबरीमा रोकिएपछि रियाललाई फाइदा भएको छ। रियालले आजराति चौथो स्थानको सेभियाविरुद्ध खेल्दैछ। सेभियाको पनि उपाधि सम्भावना छ। समान ३५ खेलबाट एट्लेटिकोले ७७ र बार्सिलोनाले ७५ अंक जोडेको छ। एक खेल कम खेलेको रियालको ७४ र सेभियाको ७० अंक छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्