बुन्डेसालिगामा दुई रोमाञ्चक खेल, बायर्नले उपाधि जित्न सक्ने काठमाडौं। जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले आज किर्तिमानी लगातार नवौं पटक उपाधि जित्न सक्छ। बायर्नले बोरुसिया मोन्चेनग्लाडबचसँग प्रतिस्पर्धा गर्दैछ। त्यसअघि बोरुसिया डर्टमण्डले दोस्रो स्थानको आरबी लाइपजिगलाई हराइदिए बायर्नले खेलअघि नै उपाधि पक्का गर्नेछ। त्यसो नभए बायर्नले मोन्चेनग्लाडबचलाई हराउँदै उपाधि जित्न सक्छ। लिगमा तीन खेल बाँकी हुँदा बायर्न ७१ अंकका साथ शीर्ष स्थानमा छ। दोस्रो स्थानको लाइपजिगले ६४ अंक जोडेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्