युरोपियन सुपर लिगबाट नाम फिर्ता लिएका ९ क्लबलाई जरिवाना एजेन्सी। युरोपियन सुपर लिग खेल्न सहमत हुने ९ क्लबलाई युईएफएले जरिवाना गर्ने भएको छ। प्रिमियर लिगको आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र टोटेनह्यामसहित एसी मिलान, इन्टर मिलान र एट्लेटिको मड्रिडले संयुक्त रुपमा एक करोड ३४ लाख अमेरिकी डलर जरिवाना तिर्नुपर्नेछ। उक्त रकम युरोपका ग्रासरूट फुटबलमा प्रयोग गरिनेछ। रियाल मड्रिड, बार्सिलोना र युभेन्टसको विषयमा भने केही खुलाइएको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्