न्युक्यासलको प्रिमियर लिगमा रहने सम्भावना बलियो काठमाडौं। तेस्रो स्थानको लेस्टर सिटीलाई ४–२ ले हराएपछि न्युक्यासलको युनाइटेड इङ्लिस प्रिमियर लिगमा रहने सम्भावना बलियो बनेको छ। रेलिगेशन क्षेत्रमा रहेको फुलह्यामले चार खेल खेल्न बाँकी हुँदा न्युक्यासल १२ अंकले अगाडी छ। न्युक्यासलले अब एक अंक जोडे प्रिमियर लिगमा रहने पक्का हुन्छ। न्युक्यासलले ४–० को अग्रता लिएको थियो। खेल सकिन दश मिनेट बाँकी रहँदा लेस्टरले दुई गोल फर्कायो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्