मार्सियालको दुई गोलमा युनाइटेडको सानदार जित
काठमाडौं। एन्थोनी मार्सियालको दुई गोलप्रेरित म्यानचेस्टर युनाइटेडले बिहीबार राती एक शुन्यले पछि परेको स्थिति उल्टाउदै न्युक्यासल युनाइटेडमाथि ४–१ को नतिजा निकालेको छ।

ओल्ड ट्राफोर्डमा म्याथ्यु लङस्टाफको गोलमा पाहुना टोली न्युक्यासलले १७औं मिनेटमा अग्रता लिएको थियो। त्यसको सात मिनेट वित्न नपाउँदै मार्सियालले बराबरी गोल फर्काए।
१८ वर्षे मासन ग्रिनउडको गोलमा युनाइटेडले ३६औं मिनेटमा अग्रता लियो। ४१औं मिनेटमा मार्कुस राशफोर्डले अर्को गोल थपे। ५१औं मिनेटमा मार्सियालले व्यक्तिगत दोस्रो गोल थप्दा युनाइटेडले ४–१ को नतिजा निकाल्यो।

जितसँगै युनाइटेड सातौं स्थानमा उक्लिएको छ। युनाइटेडले १९ खेलमा २८ अंक जोडेको छ। न्युक्यासल २५ अंकका साथ दशौं स्थानमा छ।

युनाइटेड आइतबार रेलिगेशन क्षेत्रमा रहेको वाटफोर्डसँग २–० ले पराजित भएको थियो। युनाइटेडले अब आइतबार बर्नलीको भ्रमण गर्नेछ। न्युक्यासले भने शनिबार एभर्टनलाई आथित्य प्रदान गर्नेछ।

प्रतिक्रिया दिनुहोस्