काठमाडौं। फ्रांक लाम्पार्डको चेल्सी ‘बक्सिङ डे’ खेलमा साउथह्याम्पटनसँग २–० पराजित भएको छ। हारपछि प्रशिक्षक लाम्पार्डले खेलाडीलाई अझ रचनात्मक भई आफ्नो व्यक्तित्व प्रदर्शन गर्न आग्रह गरेका छन्।
चेल्सी घरेलु मैदानमा लगातार पराजित भएको २०११ पछि यो पहिलो हो। यसअघि चेल्सी स्टामफोर्ड ब्रिजमा बर्नमाउथसँग १-० ले पराजित भएको थियो। भ्रमणकारी साउथह्याम्पटनका माइकल ओवाफेमी ३१औं मिनेटमा गोल गर्दै क्लबलाई अग्रता दिएका थिए। नाथन रेडमोन्डले ७३औं मिनेटमा अर्को थप्दै साउथह्याम्पटनको जित पक्का गरे।
‘हामीले बल नियन्त्रणमा त राख्यौं तर, विपक्षीको पेनाल्टी क्षेत्रमा पर्याप्त दबाब सिर्जना गर्न सकेनौं,’ चेल्सीका प्रशिक्षक लामपार्डले भने, ‘यो अहिलेमात्र होइन पहिले देखीको समस्या हो। घरेलु मैदानमा हामीले राम्रो गर्नु आवश्यक छ। खेलाडीले गोल गर्नुपर्छ। यो हाम्रो चुनौती हो।’
हारका बाबजुद चेल्सी ३२ अंकका साथ चौथो स्थानमा कायमै छ। साउथ ह्याम्पटन भने २१ अंकका साथ १४औं स्थानमा छ। रेलिगेशन क्षेत्रमा रहेको वाटफोर्डसँग १–१ को बराबरी खेलेपछि सेफिल्ड युनाइटेड छैटौं स्थानमा झरेको छ। क्रिष्टल प्यालेसले वेष्ट ह्यामलाई २–१ ले पराजित गर्दा एस्टन भिल्लाले नर्विच सिटीमाथि १–० को नतिजा निकाल्यो।