काठमाडौं। पूर्व मिडफिल्डर मिकेल आर्टेटाले मुख्य प्रशिक्षण सम्हालेको पहिलो खेलमा आर्सनलले बर्नमाउथसँग बराबरीमा चित्त बुझाएको छ।
पिइरे–इमेरिक औबमेयाङले प्रिमियर लिगमा जारी सिजन १२औं गोल गरेको दिन आर्सनलले एक शुन्यले पछि परेको स्थिति उल्टाउदै बर्नमाउथसँग १–१ को बराबरी खेलेको छ।
डन गोस्लिङले गरेको गोलमा घरेलु टोली बर्नमाउनथले ३५औं मिनेटमा अग्रता लिएको थियो। औबमेयाङले ६३औं मिनेटमा बराबरी गोल फर्काएपछि आर्सनल एक अंक खोस्न सफल भयो।
आर्टेटालाई शुक्रबार मुख्य प्रशिक्षकमा नियुक्त गरे पनि आर्सनलले गत शनिबार एभर्टनविरुद्ध भने कार्यबाहक प्रशिक्षक फ्रेडीइ लजङबर्गको प्रशिक्षणमा खेलेका थियो।
‘म आज खुशी छैन। किनकी हामीले जित्नु पर्थ्यो। हामीले केही मौका सदुपयोग गर्न सकेनौं। तर यो ठिकै शुरूआत हो,’ आर्सनलका नयाँ प्रशिक्षक आर्टेटाले भने, ‘खेलाडीको मनोवृत्ति, चाहना, आक्रमकता र प्रतिबद्धता भने मैले सोचेभन्दा राम्रो थियो। उनीहरू यो शैलीमा खेल्न अभ्यस्त भइसकेका छैनन्। मनोवृत्तिको हिसाबले हाम्रो प्रदर्शन डरलाग्दो थियो।’
स्पेनका आर्टेटाले खेलाडीबारे अझ धेरै जान्न बाँकी रहेको बताए। आर्सनल १९ खेलबाट २४ अंकका साथ ११औं स्थानमा छ। जुन चौथो स्थानको चेल्सीभन्दा ८ अंकले पछाडी हो भने रेलिगेशन क्षेत्रको एस्टन भिल्लाभन्दा ६ अंकले माथि हो। बर्नमाउथ भने २० अंकका साथ १६औं स्थानमा छ।
बर्नमाउथले अब शनिबार ब्राइटनसँग खेल्नेछ भने आर्सनलले आइतबार चेल्सीविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

गुडिसन पार्कमा कार्लो एन्सेलोट्टीले भने एभर्टनबाट विजयी शुरूआत गरे। कलभर्ट लेविनले खेल सकिन दश मिनेट बाँकी छदाँ गरेको गोलमा एभर्टनले बर्नलीमाथि १–० को नतिजा निकाल्यो।
चेल्सीबाट प्रिमियर लिग र एफए कपको दोहोरो उपाधि जितेका एन्सेलोट्टीलाई पनि एभर्टनले गत शुक्रबार नै मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो।
यसअघि लगातार दुई खेलमा जित हासिल गरेको बर्नलीले तेस्रो मिनेटमा अग्रता लिने मौका खेर फाल्यो। जोए रोड्रिग्वेजको हेडिङ एभर्टनका रक्षक यार्रे मिनाले गोललाइनबाट बचाइदिएका थिए।
जितसँगै २२ अंक जोडेको एभर्टन १३औं स्थानमा छ भने २४ जोडेको बर्नली १२औं स्थानमा छ। बर्नलीले अब आइतबार म्यानचेस्टर युनाइटेडविरुद्ध घरेलु मैदानमा खेल्नेछ भने एभर्टनले शनिबार न्युक्यासलको भ्रमण गर्नेछ।