बक्सिङ डे टेस्टमा इङ्ल्यान्डको सन्तोषजनक शुरूआत
काठमाडौं। साम कुरानले बलिङमा उत्कृष्ट प्रदर्शन गरेपछि इङ्ल्यान्डले दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा सन्तोषजनक शुरूआत गरेको छ।

अलराउन्डर कुरानले ५७ रन दिएर ४ विकेट लिएपछि पहिलो दिन सकिँदा दक्षिण अफ्रिका २७७–९ को स्थितिमा छ। दक्षिण अफ्रिका एक समय १११–५ को स्थितिमा थियो। तर क्विन्टन डी ककले ९५ रन बनाएपछि दक्षिण अफ्रिका सम्मानजनक योगफलतर्फ लम्किएको हो।

डी कक र टेस्टमा डेब्यू गरेका ड्वाइन प्रेटोरियसले छैटौं विकेटका लागि ८७ रनको साझेदारी गर्दै इङ्ल्यान्डका बलरलाई निराश बनाएका थिए। तर, कुरान र स्टुवार्ट ब्रोडले विकेट लिएपछि इङ्ल्यान्ड खेल नियन्त्रणमा राख्न सफल भयो।  ब्रोडले ५२ रन दिएर ३ विकेट लिए।

ब्रोड र कुरानबाहेक इङ्ल्यान्डका जेम्स एन्डरसन जोफ्रा आर्चरको नाममा १–१ विकेट रह्यो। डी ककबाहेक प्रेटोरियसले ३३, जुबायर हम्जाले ३९, फाप डु प्लेसिसले २९, एइडेन मारक्रमले २०, कागिसो राबडाले १२ रन जोड्दा भेर्नोन फिलान्डर २८ रनमा अविजित रहे।

प्रतिक्रिया दिनुहोस्