काठमाडौं। कप्तान ह्यारी केन र डिले अलीको गोलमा टोटेनह्यामले बिहीबार एक शुन्यले पछि परेको स्थिति उल्टाउँदै ब्राइटनविरुद्ध २–१ को नतिजा निकालेको छ। यससँगै टोटेनह्याम सिजनको शुरुमै भागेको हारको बदला लिन सफल भएको छ।
जितसँगै टोटेनह्याम १९ खेलबाट २९ अंक जोड्दै पाँचौं स्थानमा उक्लिएको छ। ब्राइटन भने २० अंकका साथ १५औं स्थानमा छ।
एडम वेबस्टारले ३७औं मिनेटमा गरेको गोलमा पाहुना टोलीले अग्रता लिएको थियो। ‘राइट विंगर’ पास्कल ग्रसको क्रमलाई वेबस्टारले गोलमा परिणत गरेका थिए।
त्यसअघि २४औं मिनेटमा केनले गरेको गोल भिडियो सहायक रेफ्री (भिएआर)ले अफसाइड घोषित गरिदियो। उनै केनले ५३औं मिनेट बराबरी गोल फर्काए। केनले शुरूमा वायाँ खुट्टाले हानेको प्रहार ब्राइटनका गोलकिपर म्याथ्यु रायनले रोकिदिएका थिए। तर रिबाउन्डमा प्राप्त बलमा केनले कुनै गल्ति गरेनन्। उनले दायाँ खुट्टाले हानेको प्रहार गोलमा परिणत भयो।
खेल सकिन १८ मिनेट बाँकी रहँदा अलीले सेर्गी औरियरको पासमा गरेको गोल टोटेनह्यामको जितमा निर्णायक बन्यो।
" /> काठमाडौं। कप्तान ह्यारी केन र डिले अलीको गोलमा टोटेनह्यामले बिहीबार एक शुन्यले पछि परेको स्थिति उल्टाउँदै ब्राइटनविरुद्ध २–१ को नतिजा निकालेको छ। यससँगै टोटेनह्याम सिजनको शुरुमै भागेको हारको बदला लिन सफल भएको छ।जितसँगै टोटेनह्याम १९ खेलबाट २९ अंक जोड्दै पाँचौं स्थानमा उक्लिएको छ। ब्राइटन भने २० अंकका साथ १५औं स्थानमा छ।

">