युनाइटेडको खेलतालिका शारीरिक रुपमा सम्भव छैन : सोल्सायर
एजेन्सी। म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले क्लबको नयाँ खेलतालिका शारीरिक रुपमा असम्भव रहेको बताएका छन्। युनाइटेडले गएराति रोमासँग ३–२ ले हारे पनि समग्रमा ८–५ को नतिजासहित युरोपा लिगको फाइनलमा स्थान बनायो। युनाइटेडले अब आठ दिनमा पाँच खेल खेल्नुपर्नेछ। सोल्सायरले भने, ‘‘तालिका त्यस्तो मान्छेले बनायो, जसले कहिल्यैं यो स्तरको फुटबल खेलेका छैनन्। तर यसका लागि तयार हुनुपर्छ।’’
प्रतिक्रिया दिनुहोस्
