‘ए’ डिभिजन लिग: संकटा र जावलाखेलले १–१ को बराबरी खेले
काठमाडौं। गत सिजन दोस्रो स्थानमा रहेर शहीद स्मारक ‘ए’ डिभिजन लिगको अन्त्य गरेको संकटा क्बलले आज जावलाखेल युथ क्लबसँग १–१ को बराबरी खेलेको छ।

लक्ष्मण रुचालले फ्रिकिकमा गरेको गोलमा संकटाले ३६औं मिनेटमा अग्रता लियो। जावलाखेलका फोडे फोफानाले लक्ष्मणलाई फाउल गरेपछि संकटाले फ्रिकिक पाएको थियो। लक्ष्मण आफैले हानेको ‘लो फ्रिकिक’ पेनाल्टी क्षेत्रमा रहेका कुनै पनि खेलाडीलाई नछोई गोल पोस्टको जाली चुमेको थियो।

जावलाखेलका ड्याडी जुनियर वाम्बाले ७२औं मिनेटमा बराबरी गोल फर्काए । बैकल्पिक खेलाडी हरि कठायतको फ्रिकिकलाई पेनाल्टी क्षेत्रमा रहेका वाम्बाले हेडमार्फत पोस्टको दिशा दिए।

बराबरीसँगै जावलाखेल युथ तेस्रो स्थानमा उक्लिएको छ।  जावलाखेलले लिगमा तीन खेलबाट ५ अंक जोडेको छ। आजै एन्फा मुख्यालयको फुटबल मैदानमा ब्रिगेड ब्वाइजलाई हराएको मनाङ मर्स्याङदी ९ अंकका साथ शीर्ष स्थानमा छ। मछिन्द्र ६ अंकका दोस्रो स्थानमा छ। संकटाको ४ अंक भएको छ।

३२औं मिनेटमा सुजित बुढाथोकीले दायाँ कर्नर नजिकबाट हानेको प्रहार क्रसबारमा लागेर फर्किदा जावलाखेलले अग्रताको मौका गुमाएको थियो। त्यस्तै पहिलो हाफको अन्तिम समयमा संकटाका अजयी मार्टिन्स कायोदीले गरेको हेड जावलाखेलका सिमन्त थापाले गोल लाइनबाट बचाएका थिए।

प्रतिक्रिया दिनुहोस्