नेपाल सुपर लिग : पहिलो हाफमा ललितपुर १-० ले अगाडि काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत दशरथ रंगशालामा जारी बुटवल लुम्बिनीविरुद्ध ललितपुर एफसीले पहिलो हाफ १-० को अग्रता कायम गरेको छ। ललितपुरका नोभ्रुजुभ जाहिदले हेडमार्फत गोल गर्दै १–० को अग्रता दिलाएका थिए। तीन खेलमा बराबरी र एकमा पराजयसहित ललितपुर अंकतालिकाको छैटौं स्थानमा छ। एकमा विजयी, दुईमा बराबरी र एकमा पराजित भएको बुटवल लुम्बिनी अंकतालिकको चौथो स्थानमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्