पीपीएल: बुटवललाई हराउँदै विराटनगर फाइनलमा, उपाधिका लागि चितवनसँग भिड्ने
काठमाडौं। बुटवल ब्लास्टरलाई लगातार दोस्रो खेलमा पराजित गर्दै विराटनगरले आज पोखरा प्रिमियर लिगको फाइनलमा स्थान बनाएको छ। विराटनगरले बुटवललाई २२ रनले पराजित गर्दै फाइनलमा चितवन राइनोजसँगको भिडन्त पक्का गरेको हो।
ट्वान्टी– २० क्रिकेटमा १९औं ओभर महत्वपूर्ण हुन्छ। आज विराटनगरविरुद्ध बुटवललाई जित्नका लागि १२ बलमा २६ रन आवश्यक थियो। तर जितेन्द्र मुखियाले १९औं ओभरमा कुनै रन नदिएपछि विराटनगर जित नजिक पुगेको थियो।
विराटनगरले लिगको अन्तिम खेलमा पनि बुटवल ब्लास्टरलाई ४ विकेटले हराउँदै रनरेटका आधरमा इलिमिनेटरमा स्थान बनाएको थियो। विराटनगरले अब १२ पुसमा फाइनलमा उपाधिका लागि चिवतन रानोजविरुद्ध प्रतिस्पर्धा गर्नेछ।
१६६ रनको लक्ष्य पछ्याएको बुटवलले निर्धारित २० ओभरमा १४४ रन जोड्दा सबै विकेट गुमायो। बुटवलका ओपनर अफ्ताबुद्धिन अहमदले ४३, भिम सार्कीले ४४, पुरन बिकले १५ र शिभम सिंहले १४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
विराटनगरका मेहरा र शाहब आलमले समान ३ विकेट लिँदा किशोर महतो, जितेन्द्र मुखिया, मुहम्मद जाइद अलामको नाममा १–१ विकेट लिए।
त्यसअघि ओपनर सुनिल धमलाको अर्धशतकप्रेरित विराटनगरले पोखरा रंगशालास्थित क्रिकेट मैदानमा ५ विकेट गुमाएर १६५ रन जोडेको थियो।
टस हारेर ब्याटिङ थालेको विराटनगरका लागि सुनिल धमनाले ६१ रन जोडे। सुनिलले ५४ बलमा ६ चौका र २ छक्का प्रहार गरे। कप्तान प्रदीप ऐरीले अविजित ३३ रन जोडे। मुहम्मद जाइद अलामले २० रन बनाउँदा पुनित मेहरा र लोकेश बमले समान १९ रन जोडे। मिनष थापा २ रनमा अविजित रहे।
बुटवलका हर्ष टोन्कले २ विकेट लिँदा ललितसिंह भण्डारी र अभिनाष बोहराले १–१ विकेट लिए।
प्रतिक्रिया दिनुहोस्