काठमाडौं। ओपनर सुनिल धमलाको अर्धशतकप्रेरित विराटनगर टाइटन्सले आज पोखरा प्रिमियर लिगको इलिमिनेटरमा बुटवल ब्लास्टरलाई १६६ रनको लक्ष्य दिएको छ।
विराटनगरले लिग चरणको अन्तिम खेलमा बुटवललाई नै पराजित गर्दै इलिमिनेटरमा स्थान बनाएको थियो। पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६५ रन जोडेको छ।
विराटनगरका लागि सुनिल धमनाले ६१ रन जोडे। सुनिलले ५४ बलमा ६ चौका र २ छक्का प्रहार गरे। कप्तान प्रदीप ऐरीले अविजित ३३ रन जोडे। मुहम्मद जाइद अलामले २० रन बनाउँदा पुनित मेहरा र लोकेश बमले समान १९ रन जोडे। मिनष थापा २ रनमा अविजित रहे।
बुटवलका हर्ष टोन्कले २ विकेट लिँदा ललितसिंह भण्डारी र अभिनाष बोहराले १–१ विकेट लिए। विजयी टोलीले १२ पुसमा फाइनलमा उपाधिका लागि चिवतन रानोजविरुद्ध प्रतिस्पर्धा गर्नेछ।
" /> काठमाडौं। ओपनर सुनिल धमलाको अर्धशतकप्रेरित विराटनगर टाइटन्सले आज पोखरा प्रिमियर लिगको इलिमिनेटरमा बुटवल ब्लास्टरलाई १६६ रनको लक्ष्य दिएको छ।विराटनगरले लिग चरणको अन्तिम खेलमा बुटवललाई नै पराजित गर्दै इलिमिनेटरमा स्थान बनाएको थियो। पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६५ रन जोडेको छ।

">