पूर्वक्रिकेटर म्याकगिलको अपहरण आरोपमा चारजना पक्राउ एजेन्सी। अस्ट्रेलियाका पूर्वक्रिकेटर स्टुआर्ट म्याकगिललाई अपहरण गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ। गत महिना म्याकगिल अपहरणमा परेपछि प्रहरीले छापा मारेर दुईजना पक्राउ गरेको थियो।अप्रिल १४ मा ५० वर्षीय म्याकगिलसँग तीनजनाले झगडा गरेको र त्यसपछि उनलाई अपहरण गरेको प्रहरीले बताएको छ। उनलाई एक गाडीमा बाँधेर सहरबाहिर लगिएको र निर्घात कुटिएको पनि प्रहरीको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्