अर्को सिजन पनि रियालको प्रशिक्षकमा जिदान निरन्तर : क्रुस काठमाडौं। रियाल मड्रिडका मिडफिल्डर टोनी क्रुसले अर्को सिजन पनि क्लबको प्रशिक्षकमा जिनेदिन जिदानले निरन्तरता दिने विश्वास गरेका छन्। गत सिजन स्पेनिस ला लिगाको उपाधि जितेपछि रियालले यस सिजन अझ बढी उपाधिको आशा गरेको थियो। तर अहिलेसम्म रियालको कुनै पनि उपाधि जित्ने सम्भावना बलियो छैन। ‘‘अर्को सिजन पनि उनी नै हाम्रो प्रशिक्षक हुनेछन्। उनको सम्झैता पनि सकिएको छैन’’, क्रुसले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्