च्याम्पियन्स लिग : सेमिफाइनलको दोस्रो लेगमा आज सिटी र पिएसजी भिड्दै काठमाडौं। युरोपियन च्याम्पियनस लिग फुटबलअन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा आज इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) भिड्दै छन्। इतिहाद स्टेडियममा हुने सिटी र पीएसजीबीचको खेल नेपाली समयअनुसार राति १२:४५ बजेदेखि सुरु हुनेछ। सिटीले पहिलो लेगमा पीएसजीलाई उसैको मैदानमा २-१ ले पराजित गरेको थियो। पीएसजीले फाइनलमा स्थान बनाउन सिटीलाई कम्तीमा दुई गोलको अन्तरले पराजित गर्नुपर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्