फ्रेन्ड्सलाई हराउँदै मछिन्द्र 'ए' डिभिजन लिगको शीर्ष स्थानमा उक्लियो
<p>काठमाडौं। शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा फ्रेन्ड्स कल्बविरुद्ध मछिन्द्रले ३-० को जित निकालेको छ। जितसँगै मछिन्द्र जारी लिगको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ।</p>
<p>दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रका लागि पीटर सेगुन, सोमिडे ओलुवावुन्मी एडल्जा र रेजिन सुब्बाले १-१ गोल गरे। </p>
<p>मछिन्द्रले ३ खेलबाट ६ अंक जोडेको छ। मनाङ मर्स्याङ्दीले २ खेलबाट ६ अंक जोडेको छ। गोल संख्याको आधारमा मनाङभन्दा मछिन्द्र अगाडि भएको हो। मछिन्द्रले खेलेका ३ खेलमध्ये २ खेलमा विजयी हुँदा १ खेलमा हार ब्यहोरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
