आईपीएल क्रिकेटः आज कोलकाता र बैंगलोर भिड्दै एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज कोलकाता नाईट राईडर्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दैछन्। अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ। आईपीएलको सातमध्ये पाँच खेलमा विजयी र दुईमा पराजित भएको बैंगलोर १० अंकसहित तालिकाको तेस्रो स्थानमा छ। त्यस्तै सात खेलमध्ये दुईमा विजयी र पाँचमा पराजित भएको कोलकाता चार अंकसहित तालिकाको चौथो स्थानमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्