ललितपुर सिटीका प्रशिक्षक हुमागाईंले दिए राजीनामा काठमाडौं। नेपाल सुपर लिगको क्लब ललितपुर सिटीका मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले पदबाट राजीनामा दिएका छन्। आइतबार पोखरा थन्डर्सविरुद्ध गोलरहित बराबरी खेलेपछि हुमागाईंले टिमको खराब प्रदर्शनको जिम्मेवारी लिँदै राजीनामा दिएका हुन्। प्रतियोगितमा ललितपुरले जित निकाल्न सकेको छैन। चार खेलबाट तीन अंक जोडेको ललितपुर छैटौं स्थानमा छ। ललितपुरले प्रशिक्षक राजु तामाङलाई टिमको जिम्मेवारी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्