ललितपुर अझै जित बिहीन, पोखरासँग बराबरीमा रोकियो काठमाडौं। कप्तान नवयुग श्रेष्ठले पाएका केही राम्रा अवसर खेर फाल्दा पोखरा थन्डर्सले आज नेपाल सुपर लिगमा ललितपुर सिटीसँग गोलरहित बराबरी खेलेको छ। बराबरीपछि पोखराले शीर्ष स्थानको धनगढीसँग अंक बराबरी गर्ने मौका गुमाएको छ। पोखरा पाँच अंकका साथ तेस्रो स्थानमा छ। ललितपुर भने अहिलेसम्म जितबिहीन बनेको छ। तीन बराबरी तथा एक खेलमा हार व्यहोरेको ललितपुर छैटौं स्थानमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्