मडागास्कारमा चरम भोकमरी एजेन्सी। यतिखेर दुनियाँ कोरोना संकटमा छ, तर अफ्रिकी देश मडागास्कार भने चरम भोकमरी भोगिरहेको छ। मडागास्कारबासीहरु जंगली झार र कीराफट्यांग्रा खान बाध्य भएका छन्। निरन्तर सुख्खा र तूफानका कारण बालीनाली सखाप भएको छ। विश्व खाद्य संगठन(डब्ल्यूएफपी)ले मडागास्कारका बालबालिकाको जीवन सबैभन्दा बढी खतरामा परेको बताएको छ। पाँच वर्षसम्मका बच्चामा कुपोषणको समस्या चिन्ताजनक स्तरमा पुगेको पनि डब्ल्यूएफपीको टिप्पणी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्