पहिलो जितको खोजीमा ललितपुर काठमाडौं। नेपाल सुपर लिगमा आज पोखरा थन्डर्सले ललितपुर सिटीसँग प्रतिस्पर्धा गर्दैछ। तीन खेलबाट चार अंक जोडेको पोखरा चौथो स्थानमा छ। तीन खेलबाट दुई अंक जोडेको ललितपुरले भने अहिलेसम्म जित्न सकेको छैन। त्यसैले प्रदीप हुमागाईंको प्रशिक्षणमा रहेको ललितपुर आज पहिलो जितको खोजीमा हुनेछ। नविन न्यौपानेको मुख्य प्रशिक्षमा रहेको पोखरा भने विजयी नतिजा निकाल्दै शीर्ष स्थानको धनगढीसँग अंक बराबरी गर्न चाहन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्