मिलान दोस्रो स्थानमा उक्लियो काठमाडौं। थियो हर्नान्डेज र हकन काल्हानोग्लुको गोलमा एसी मिलानले बेनेभेन्टोलाई २–० ले हराउँदै इटालियन सिरी ‘ए’ को दोस्रो स्थानमा उक्लिएको छ। मिलानका काल्हानोग्लुले छैटौं र हर्नान्डेजले ६०औं मिनेटमा गोल गरे। ३४ खेलबाट ६९ अंक जोडेको मिलान दोस्रो स्थानमा छ। ८२ अंक जोडेको इन्टर मिलान शीर्ष स्थानमा छ। ३३ खेल खेलेको एटलान्टा ६८ अंकका साथ तेस्रो स्थानमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्