चितवनलाई हराउँदै धनगढी शीर्ष स्थानमा काठमाडौं। धनगढी एफसीले आज एफसी चितवनलाई ३-० ले पराजित गर्दै नेपाल सुपर लिगको शीर्ष स्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीका निशान लिम्बुले ६४औं, ओलावाले आफिजले ६९औं र बुद्धबल तामाङले ८०औं मिनेटमा गोल गरे। धनगढीले चार खेलबाट सात अंक जोडेको छ। चितवनको भने यो पहिलो हार हो। यसअघि चितवनले दुई खेल बराबरी खेलेको थियो। चितवन लिगको पुछारमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्