क्रिकेटका सम्पूर्ण गतिविधि अनिश्चितकालका लागि स्थगित काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले कोभिड-१९ महामारीका कारण क्रिकेटका सम्पूर्ण गतिविधि अनिश्चितकालका लागि स्थगित गरेको छ। "वर्तमान अवस्थामा सुधार नआएसम्म र संघबाट अर्को सूचना जारी नभएसम्म प्रस्तावित राष्ट्रियलगायत जिल्ला छनोट एवं प्रादेशिक प्रतियोगिता तथा विभिन्न राष्ट्रहरूसँग हुने भनिएको द्विपक्षीय तथा त्रिपक्षीय शृंखला तत्कालका लागि स्थगित गरिएको छ," क्यानले भनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्