ग्रानाडासँग स्तब्ध बार्सिलोनाले शीर्ष स्थानमा उक्लने मौका गुमायो एजेन्सी। ग्रानाडासँग घरेलु मैदान क्याम्प नोउमा २–१ ले स्तब्ध बनेपछि बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ। लियोनल मेस्सीको गोलबाट बार्सिलोनाले २३औं मिनेटमा अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा उपाधि होड बलियो बनाउने मौका गुमायो। ग्रानाडाका ड्रविन माचिसले ६३ र जर्ज मोलिनाले ७३औं मिनेटमा गोल गरे। बार्सिलोना ७१ अंकका साथ तेस्रो स्थानमा यथावत छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्