नेपालले जेठ १५ मा इराकसँग मैत्रीपूर्ण फुटबल खेल्ने काठमाडौं। नेपालले इराकसँग जेठ १५ गते मैत्रीपूर्ण फुटबल खेल्ने पक्का भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार नेपालले इराकसँग जेठ बस्रा अन्तर्राष्ट्रिय रंगशालामा मैत्रीपूर्ण फुटबल खेल्ने जनाएको हो। नेपालले यसअघि इराकविरुद्ध तीनपटक खेलेको छ। तीनै खेल इराकले जितेको थियो। पछिल्लोपटक नेपालले विश्वकप छनोटमा २००१ मा खेलेको थियो। उक्त खेलमा नेपाल ४-२ ले पराजित भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्