नेपाल सुपर लिग : बराबरीमै रोकिए ललितपुर र धनगढी काठमाडौं। पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा धनगढी एफसी र ललितपुर सिटी एफसीले १-१ को बराबरी खेल्दै अङ्क बाँडेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीका लागि ओलावाले आफिजले पहिलो गोल गरे। ललितपुरका रन्जन विष्टले बराबरी गोल फर्काए। ललितपुरका नुर्लानको जाहिदले प्राप्त पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा क्लबले बराबरीमै चित्त बुझाउनु परेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्