बार्सिलोनाको लक्ष्य शीर्ष स्थान एजेन्सी। बार्सिलोना आज घरेलु मैदान क्याम्प नोउमा ग्रानाडालाई हराउँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लने लक्ष्यमा छ। ग्रानाडालाई हराए बार्सिलोना एट्लेटिको मड्रिडभन्दा एक अंकले माथि हुनेछ। एट्लेटिको ७३ अंकका साथ शीर्ष स्थानमा छ भने एक खेल कम खेलेको बार्सिलोना ७१ अंकका साथ तेस्रो स्थानमा छ। पछिल्लो पाँच खेलमा बार्सिलोनाले एक खेलमात्र हारेको छ भने ग्रनाडाले दुई खेलमात्र जितेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्