पीपीएल: पोखरा ५ विकेटले पराजित

काठमाडौं। पोखरा प्रिमियर लिग क्रिकेट अन्तर्गत आजको खेलमा धनगढी ब्लुजले पोखरा पल्टनलाई ५ विकेटले पराजित गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १६.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ७९ रन जोडेको थियो। पोखराका लागि आरिफ शेषको ३२ र विनोद भण्डारीको १२ रनबाहेक अन्य कसैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन्।

पोखरालाई सस्तैमा समेट्न धनगढीका अनिल खरेलले ३ विकेट लिए भने दीपक समुद्रसिंह पुनिया, कमलसिंह ऐरी र सागर ढकालले २-२ विकेट लिएका थिए।

८० रनको सहज लक्ष्य पछ्याएको धनगढीले मात्र ९.१ ओभरमा पाँच विकेट गुमाउँदै ८५ रन बनायो। १०औं ओभर बलिङ गर्न आएका सरबजित लद्दाको पहिलो बलमै छक्का प्रहार गर्दै अमित यादवले धनगढीलाई जित दिलाए।

धनगढीका लागि दीपक समुद्रसिंह पुनियाँले २५, रोड्रिगो थोभसले १५, दीपेन्द्रसिंह ऐरीले १३ र सुभेन्दु पाण्डेले ११ रन बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्