काठमाडौं। इन्जुरी समयमा दयानन्द सिंहले गरेको गोलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले आज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गरेको छ।
भारतको मनिपुरका खेलाडी दयानन्दले त्रिभुवन आर्मीको रक्षापंक्तिले गरेको गल्तिमा गोल गरेका थिए। जितसँगै मनाङले तीन अंक जोडेको छ।
मनाङले दुई खेलबाट ६ अंक जोडेको छ। मनाङले पहिलो खेलमा सशत्र प्रहरी बल (एपिएफ)लाई २–० ले हराएको थियो। ‘एक अंकमात्र आउने अवस्थामा तीन अंक आयो,’ मनाङका प्रशिक्षक फुजा तोफेले भने, ‘आजको खेल सोचेकै जस्तो भयो। त्रिभुवन आर्मी जस्तो क्लबसँग तीन अंक लिन पाउँदा खुशी छौं। आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्नेछौं।’
एक गोलले पछाडि परेलगत्तै त्रिभुवन आर्मी क्लबका सुमन अर्यालले बराबरी गोल फर्काएका थिए। तर सुमन अर्यालले हातले गोल गरेका कारण मुख्य रेफ्री सुदीशकुमार पाण्डेबाट रातो कार्ड खानु परेको थियो। योसँगै त्रिभुवन आर्मी क्लब दश खेलाडीमा सिमित भएको थियो।
‘‘हामीले पाएको अवसर गुमायौं। बलियो टोलीविरुद्ध खेल्दा थोरै अवसरमात्र पाइन्छ तर हाम्रा खेलाडीले त्यो अवसरलाई सदुपयोग गर्न सकेनन्,’’ त्रिभुवन आर्मीका प्रशिक्षक नविन न्यौपानेले भने, ‘‘अन्तिम समयमा खेलाडी तालमेल नहुँदा गोल खान पुग्यौं।’’
अखिल नेपाल फुटबल संघले शुरूमा मनाङ र त्रिभुवन आर्मीको खेल सातदोबाटोस्थित एन्फा मुख्यालयमा गर्ने तय गरेको थियो। तर आज नेपाल र भुटानको महिला यु–१५ टोलीबीच मैत्रीपूर्ण खेल हुने भएका कारण खेल दशरथ रंगशालामा सारिएको थियो। आजै दशरथ रंगशालामा थ्री स्टार क्लबले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।