फिफा र युईएफएले अनुमति नदिएको प्रतियोगिता खेले सिरी ए खेल्न नपाइने
एजेन्सी। इटालियन फुटबल फेडेरेशन (एफआइजिसी) ले फिफा तथा युईएफएले आधिकारिता प्रदान नगरेको लिग खेल्ने क्लबले सिरी ए खेल्न नपाउने नियम पारित गरेको छ। एफआइजिसीले राष्ट्रिय लिगमा दर्ता रहेका क्लबहरुले निजी तथा अनौपचारिक प्रतिस्पर्धामा सामेल नहुने प्रतिवद्धता जनाउनु पर्ने नियम पारित गरेको हो। एफआइजिसीले युरोपियन सुपर लिग (इएसएल)का कारण उत्पन्न विवादलाई मध्यनजर गर्दै नयाँ नियम ल्याएको हो।
प्रतिक्रिया दिनुहोस्
