च्याम्पियन्स लिगः सेमिफाइनलको पहिलो लेगमा चेल्सी र रियाल भिड्दै एजेन्सी। युरोपियन च्याम्पियन्स लिग अन्र्तगत सेमिफाइनलमा आज स्पेनिस क्लब रियाल मड्रिड र इग्लिस क्लब चेल्सी प्रतिस्पर्धा प्रतिस्पर्धा गर्दैछन्। रियाल मड्रिडको मैदानमा हुने सेमिफाइनलको पहिलो लेग नेपाली समयअनुसार राति १२ः४५ मा सुरु हुनेछ। च्याम्पियन्स लिगको क्वाटरफाइनलमा रियाल मड्रिडले लिभरपुललाई समग्रमा ३–१ र चेल्सीले एफसी र्पोटोलाई समग्रमा २–१ ले पराजित गर्दै सेमिफाइनमा पुगेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्