पीपीएल: पोखराद्वारा धनगढीसामु ८० रनको लक्ष्य
काठमाडौं। पोखरा प्रिमियर लिग क्रिकेट अन्तर्गत अहिले जारी खेलमा पोखरा पल्टन धनगढी ब्लुजसामु निरीह देखिएको छ। टस जितेर पहिले ब्याटिङ रोज्ने पोखरा पल्टनको निर्णय महंगो साबित भएको छ।

शुरुआतदेखि नै धनगढीका बलरसामु खुलेर खेल्न नसकेका पोखरा पल्टनका ब्याट्सम्यानहरु एकपछि अर्को गर्दै लगातार पवेलियन फर्किए।

पोखराले १६ दलशमलब ३ ओभर खेल्दै मात्र ७९ रन बनाउन सक्यो। जसमा आरिफ शेषको ३२ र विनोद भण्डारीको १२ रन रह्यो । अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पोखरालाई सस्तैमा समेट्न धनगढीका अनिल खरेलले ३ विकेट लिए भने डीएस पुनिया, कमलसिंह ऐरी र सागर ढकालले २-२ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्