नेपाल सुपर लिग : आज काठमाडौं र धनगढी भिड्दै काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) आज काठमाडौं रेजर्स र धनगढी एफसी भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ५ः३० बजेदेखि हुने सुरु हुनेछ। लिगको पहिलो खेलमा काठमाडौंले ललितपुर एफसीलाई १–० ले पराजित गरेको थियो। त्यस्तै धनगढी भने पहिलो खेलमा विराटनगर सिटीसँग ३–० ले पराजित भएको थियो। धनगढीको कप्तानी किरण चेम्जोङले गर्दैछन् भने काठमाडौं विकेश कुथुको कप्तानीमा मैदान ओर्लदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्