इटालियन सुपर कपको उपाधि लाजियोलाई
काठमाडौं। युभेन्टसलाई गएराति ३-१ ले पराजित गर्दै लाजियोले इटालियन सुपर कपको उपाधि जितेको छ।

साउदी अरेबियाको किंग साउद युनिभर्सिटीको रंगशालामा भएको खेलमा लाजियोले १६औं मिनेटमा अग्रता लिएको थियो।

लाजियोलाई लुइस अल्बर्टोले अग्रता दिए ।

पहिलो हाफको अन्तिम मिनेटमा पाउलो डिबालाले बराबरी गोल फर्काए।

खेल सकिन १७ मिनेट बाँकी रहँदा सेनाड लुलिकले पुन: लाजियालाई अग्रता दिए।

इन्जुरी समयमा रोड्रिगो बेन्टेनकरले दोस्रो पहेँलो कार्डको सामना गरेपछि युभेन्टस दश खेलाडीमा सिमित बन्यो।

लगत्तै लाजियोका ड्यानिलो काटाल्डीले अर्को गोल थप्दै उपाधि पक्का गरे।

दुई साताअघि पनि इटालियन सिरी ‘ए’ मा युभेन्टस लाजियोसँग समान ३-१ को अन्तरमा पराजित भएको थियो।

युभेन्टसले सुपर कप खेलेको यो लगातार आठौं पटक हो। यसमध्ये चार पटक लाजियोविरुद्ध नै खेलेको छ।

प्रतिक्रिया दिनुहोस्