म्यान्चेस्टर युनाइटेड बराबरीमा रोकियो काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड लीड्स युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको छ। लीड्सको मैदानमा भएको खेलमा दुवै टोलीले गोलका केही राम्रा अवसर खेर फालेका थिए। बराबरीपछि दोस्रो स्थानको युनाइटेडको ३३ खेलबाट ६७ अंक भएको छ भने ४७ अंकसहित लीड्स युनाइटेड नवौ स्थानमा छ। गएरातिको अर्को खेलमा बर्नलीले वुल्भ्सलाई ४–० ले पराजित गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्