सिटीले लगातार चौथो सिजन जित्यो लिगकपको उपाधि काठमाडौं। म्यान्चेस्टर सिटीले लगातार चौथो सिजन लिग कप (इएफएल कप) फुटबलको उपाधि हात पारेको छ। घरेलु मैदानमा टोटनह्याम हट्सपरलाई १–० ले हराउँदै सिटीले उपाधि उचालेको हो। सिटीका लागि ८२ औं मिनेटमा केभिन डी ब्रुयनाको पासमा यमरिक लापोर्टले गोल गरे। यो सँगै सिटीले सन् १९८० को दशकमा लगातार चार सिजन उपाधि जितेर लिभरपुलले बनाएको कीर्तिमान बराबरी गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्