च्याम्पियन्स लिग अगाडि एमबाप्पे घाइते काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड काइलियन एमबाप्पे शनिबार राती मेट्जविरुद्धको खेलमा घाइते भएका छन्। पीएसजीले मेट्जलाई ३-१ ले हराउँदा एमबाप्पेले दुई गोल गरेका थिए। तथापी पीएसजीका प्रशिक्षक माउरिसियो पोचेट्टिनोले म्यानचेस्टर सिटीविरुद्धको खेलअघि एमबाप्पे फिट हुने आशा गरेका छन्। पीएसजीले बुधबार राती च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा सिटीविरुद्ध खेल्दैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्