पीएसजीको जितमा एमबाप्पेको दुई गोल एजेन्सी। फ्रेन्च लिग वान फुटबलको शनिबारराति भएको खेलमा मेट्जलाई ३-१ गोल अन्तरले पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) शीर्ष स्थानमा उक्लिएको छ। पीएसजीको जितमा केलियन एमबाप्पेले दुई र माउरो इकार्डीले एक गोल गरे। मेट्जका फाबियन सेन्टोन्जेले एक गोल फर्काए। जितसँगै पीएसजीले ३४ खेलमा ७२ अंक जोडेको छ। ४३ अंक रहेको मेट्ज लिगको दशौँ स्थानमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्